‘एकल महिलाहरू सिप सिकेर आत्मनिर्भर बन्न आवश्यक छ’

सदरलाइन संवाददाता ५ जेष्ठ २०८२, सोमबार १६:४६
 

नेपालगञ्ज :  एकल महिलाहरूले सिप सिकेर आत्मनिर्भरसँगै उदाहरण बन्न आवश्यक रहेको औल्याईएको छ । सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ सोमबार नेपालगञ्जमा द्वन्द्व प्रभावित, बेपत्ता तथा एकल महिलाहरूका लागि ७ दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा सो कुरा बताईएको हो ।

द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसीले सो अवसरमा बोल्दै एकल महिलाहरु अझै पनि द्वन्द्वको चोट बिर्सन नसकेको बताउँदै यस्ताखालका तालिमले कमसेकम द्वन्द्व प्रभावित, द्वन्द्व पीडित सबैलाई घाउमा मल्हमको काम गर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगञ्ज उप–महानगरपालिका वडा नं.–९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले आफ्नै वडामा निर्माण भएको संजालको भवनमा यस्ता खालका कार्यक्रम निरन्तर हुनु पर्ने बताए ।


उनले संस्थाको उद्देश्य अनुसारको छ्हारी घर निर्माणमा पनि वडा कार्यालयले सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा आत्मनिर्भर सम्बन्धिका विभिन्नखाले मागमा आधारित तालिमहरू वडाले संचालन गर्ने पनि बताए ।

तालिमका प्रशिक्षक अनु पाण्डेले सहभागी दिदीबहिनीहरूको बिगतको कुरा सुन्दै उनीहरूलाई सान्त्वना दिँदै तालिम संचालन गरेको बताइन् । सहभागी महिला दिदीबहिनीहरूको उत्सुकताले आफुहरूलाई पनि हौसला थपिएको बताइन् ।

संस्थाका कार्यवाहक अध्यक्ष बिन्दा खरेलले द्वन्द्व प्रभावित, एकल महिलाहरूका लागि ७ दिने अचार बनाउने तालिम सफलरूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले तालिममा सहभागी ३० जनाले ६ प्रकारका अचार बनाउन सिकेको बताइन् ।

द्वन्द्वपीडित तथा एकल महिला संजालका सचिव विजया रोकाया र सदस्य जया आचार्यले अघिल्लो वर्षझैं यो वर्ष पनि अचार बनाउने तालिम संचालन गर्न पाएकोमा आर्थिक सहयोग गर्ने नेपालगञ्ज उप–महानगरपालिका र सहभागी दिदीबहिनीहरूलाई धन्यवाद व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याजिक नंम्बर ३२ सिटेले ठूला पार्टीमाथि शासन गर्न नपाउँदा छटपटिएका छन : एमाले महासचिव पोखरेल

५ जेष्ठ २०८२, सोमबार १६:४६
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले म्याजिक नंम्बर ३२ सिटेले ठूला पार्टी माथि शासन गर्न नपाउँदा अहिले छटपटिएको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पोखरेलले ३२ सिटको म्याजिक नम्बरले कांग्रेस एमाले माथि शासन गर्न नपाउँदा अहिले छटपटाइ रहेको बताए […]