हर्ष कृती माहाविहारको अध्यन प्रतिवेदन सार्वजनिक

शीवेन्द्र भण्डारी १३ जेष्ठ २०८२, मंगलवार ०९:४४
 

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको हर्ष कृती माहावीहारको अध्यन प्रतिवेदन सार्वजनिक भएको छ । नेपालगञ्ज उच्च वार एसोसिएसन, बाँकेका अध्यक्ष चित्रबहादुर शाही संयोजक रहेको सात सदस्य कार्यदलले उक्त प्रतिवेदन उपमाहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई कार्यकक्षमा हस्तान्त्रण गरेर सार्वजनिक गरेको हो ।

धार्मिक स्थल बागेश्वरी मन्दीर पसिरभित्र रहेको बौद्ध बिहार हर्षकृती बौद्ध माहाविहारको संरक्षण सम्वद्र्धन र सम्पत्तीको यथार्थ विवरण तयार गर्ने उदेस्यले नगर प्रमुख बिष्टको अध्यतामा बसेको बैठकले कार्यदलको गठन गरेको थियो ।

शाही संयोजक रहेको कार्यदलको सदस्यहरुमा समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ, समाजसेवी प्रभातकुमार ठकुरी, अधिबक्ता बसन्त गौतम, अधिबक्ता हिराबहादुर श्रेष्ठ, समाजसेवी उषा गौतम र केवल कुमार वैश्य रहेका थिए ।

कार्यदले अध्यनको लागि तीन वटा पद्धतीको प्रयोग गरी प्रतिवेदन तयार गरेको उल्लेख गरेको छ । पहिलो हर्ष कृती बौद्ध माहावीहारका सम्बन्धमा प्रकाशित लेख रचना ,समाचार संकलन दौस्रो सम्वन्धित सरोकारवाला ब्यक्तिहरुसंग सोधपुछ, सत्यतथ्य जानकारी संकलन र तस्रो भूमी सुधार तथा मालपोत कार्यालय बाँके, नापी कार्यालय नेपालगञ्ज बाँकेबाट नापी नक्शा भूमी सम्वन्धी लालपुर्जा जग्गा जमीनको पूर्जाको दस्तावेज संकलन रहेको प्रतिवेदनमा जनाईएको छ ।

नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्वर २, बाँके जिल्लामा अवस्थित हर्ष कृती माहाविहार २०१५ सालमा नेवार बौद्धिष्ट शाक्य समुदायहरुद्वारा आफ्नो बज्रयान बौद्ध धर्ममान्न प¥यो भनि स्वर्गीय राजा महेन्द्रको भ्रमणको क्रममा बौद्ध धर्मको पुजा गर्न स्थानको व्यवस्था गर्न गरेको बक्स बमोजिम राजाबाट बागेश्वरी मन्दीरसंगै बनाउनु भन्ने आदेश भएर बि.सं २०१६ साल बैशाख बौद्ध पूर्णिमाको दिनदेिख शुभारम्भ भएको र माहावीहारको पहिलो पुजारी नरेन्दै रत्न बज्रचार्य रहेको र हाल यज्ञ रत्न बज्रचार्य पुजारी रहेको उल्लेख गरिएको छ ।


करिव १ं.५ बिघा क्षेत्रफल भनेर स्व राजा महेन्द्रले हुकुम गरेता पनि हालभोग चलनमा ६ कठ्ठा क्षेत्रफल जग्गामा बागेश्वरी मन्दीरको तलाउको पश्चिम र महावीहारको पूर्वपट्टिको बटोमा रहेको बौद्ध बिहारको बिश्राम कक्षमा लगभग ११ वटा सटरको भाडा माहावीहारको आम्दानीको रुपमा रहेको उल्लेख गरिएको छ ।

बिक्रम सम्वत २०३९ जेठ ३१ गते साबिक खजुराखुर्द गाबिस वडा नम्वर २ हाल जानकी गाउँपालिका वडा नम्वर ४ का समाजसेवी बिजयमान पतिद्वारा बौद्ध बिहारको नाउँमा सोही ठाउँको १५ बिघा ९ धुरजग्गा दान गरेको जनाएको छ ।

प्रतिवेदनमा उक्त्त जग्गा तथा सटरको आयआर्जन माहावीहारको रहेको र हालसम्म कुनै प्रकारको बिहार व्यवस्थापन समिति नरहेको ,आम्दानी तथा खर्चको लेखा परिक्षण नगरिएको उल्लेख छ । कार्यदले आफ्नो प्रतिवेदनमा बिशेषत पाँचवटा बिषयमा सिफारीस गरेको छ, जसमा बिहारको शौन्दर्यकरण गरिनु पर्ने, हर्ष बिहारको संस्थागत संचालन र व्यवस्थापन गरिनु पर्ने, शान्ति सुरक्षा कायम गर्नु पर्ने र धार्मिक पर्यटकीय स्थलको रुपमा बिकाश र प्रचार प्रसार गरिनु पर्ने जनाएको छ ।

कार्यदलको प्रतिवेदन ग्रहण गर्दै नेपालगञ्ज उपमाहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले कार्यदले अत्यन्त मेहनका साथ दिईएको जिम्मेवारी पुरा गरेकोमा धन्यवाद दिंदै माहावीहार बौद्धिष्ट तथा हिन्दू धार्मिक मानिसहरुको आस्थाको केन्द्र रहेको र यसले नेपालगञ्जमा धार्मीक पर्यटन भित्रन थप टेवा पुग्ने कुरा औलाउनुका साथै प्रतिवेदनमा सिफारीस गरिएका बिषयवस्तुहरुलाई गम्भीरताका साथ लिदैं कार्यन्वयन तर्फ लाग्नेमा बिश्वस्थ रहन कार्यदललाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फैसला कार्यान्वयनमा सुस्तता : अदालतबाट दोषी ठहर भएका डेढ लाखजना अझै फरार

१३ जेष्ठ २०८२, मंगलवार ०९:४४
नेपालगन्ज :अदालतबाट दोषी ठहर भएका करिब डेढ लाख अभियुक्त फरार रहेको पाइएको छ । झण्डै २९ अर्ब जरिवाना उठ्न बाँकी नै छ । न्यायिक सिद्धान्तअनुसार अदालतको फैसला कार्यान्वयन नभई पीडितले न्याय प्राप्त गरेको मान्न सकिँदैन । अदालतले फैसला गर्नेबित्तिकै त्यसको तत्काल कार्यान्वयन हुनुपर्छ । तर, सर्वोच्च र विशेष अदालतसँगै देशभरका […]