बाँकेसहित तराई मधेशमा ‘वट सावित्री पर्व’ मनाइदै

यदुराज मिश्र १२ जेष्ठ २०८२, सोमबार १५:४४
 

नेपालगञ्ज : श्रीमानको दीर्घायु तथा सुख–समृद्धिको कामनासहित बाँके जिल्लासहित तराई मधेशमा ‘वट सावित्री पर्व’ श्रद्धा र भव्यताका साथ मनाइएको छ ।

बिहानैदेखि बाँकेका विभिन्न ठाउँका मधेशी समुदायका महिलाहरू व्रत बस्दै वरको रूखमुनि पूजापाठमा जुटेका छन् । हिन्दू धार्मिक विश्वास अनुसार ब्रह्मा, विष्णु र महेशको बास हुने वरको रूख पूजन गरी व्रतालु महिलाहरूले प्रसाद र पूजा सामग्रीसहित उपवास गर्दै पतिको दीर्घायुको कामना गरेका छन् । महिलाहरू नववस्त्रमा सजिएर बिहानैदेखि धार्मिक कर्ममा सहभागी भएका थिए ।


पौराणिक कथनअनुसार सत्ययुगमा सावित्रीले आफ्नो मृत पति सत्यवानलाई यमराजबाट फर्काएर ल्याएकी थिइन् । त्यसैको स्मरणमा प्रत्येक वर्ष ज्येष्ठ अमावस्याको दिन वट सावित्री पर्व मनाउने गरिन्छ । भविष्य पुराणअनुसार यो पर्व श्रद्धा, नियम र निष्ठाका साथ मनाएमा पतिको दीर्घायु हुने यमराजले वरदान दिएको उल्लेख गरिएको छ ।

बर्तालु महिलाहरुका अनुसार पर्वले महिलाहरूमा धार्मिक आस्था मात्र नभई सांस्कृतिक एकताको भावनासमेत जागृत गराउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा गणतन्त्र दिवस भव्य रूपमा मनाउने तयारी

१२ जेष्ठ २०८२, सोमबार १५:४४
दाङ : लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने गरि तयारी हगाडि बढाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह […]