राप्रपा महामन्त्री धवलशमशेर राणा आज पनि हिरासतमा

सदरलाइन संवाददाता ७ बैशाख २०८२, आईतवार १३:५१
 

काठमाडौं : गृह मन्त्रालयले शुक्रबार नै हिरासत बाहिर राखी मुद्दाको पुर्पक्ष गर्न दिने भनिएका राप्रपा महामन्त्री धवलशमशेर राणा आज पनि छुट्ने सुरसार छैन । चैत १५ को राजावादी प्रदर्शनलाई उत्तेजक बनाउन भूमिका खेलेको आरोपमा उनलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनको स्वास्थ्योपचारका निम्ति हिरासतबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिने तयारी भएको गृह मन्त्रालय स्रोतले जनाएको थियो । तर, आज आइतबार पनि उनलाई छोड्नेबारे केही तयारी छैन ।


जिल्ला प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले त्यसबारे केही खबर नभएको बताए । म्याद थपेर मुद्दा चलाइएका व्यक्ति आदेशको भरमा छुट्न नसक्ने, तर छाड्नुपर्ने अवस्थाका कानुनी प्रक्रियामा लैजान सकिने उनले बताए । यद्यपि, उनका हकमा कहीँ, कतैबाट कुनै सोधखोज नभएको प्रहरीको भनाइ छ ।

आइतबार राप्रपाको प्रदर्शन र निषेधित क्षेत्र तोड्ने चेतावनीका कारण काठमाडौंभरका प्रहरी युनिट स्ट्याण्डबाई ड्युटीमा छन् । त्यसैले मुद्दा चलाउने र बुझाउने नियमित कामबाहेक अन्य काम गर्ने प्रहरी जनशक्तिको अभाव छ । त्यसमाथि जिल्ला सरकारी वकिलको कार्यालयले यतिबेलासम्म कुनै पनि थुनुवालाई हाजिर जमानीमा छाड्ने विषयमा प्रहरीलाई ताकेता गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ‘तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स’को नयाँशाखा शुभारम्भ

७ बैशाख २०८२, आईतवार १३:५१
नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडमा पर्यटन प्रबद्र्धधनको लागि ‘तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स’ को नयाँ शाखा शुभारम्भ गरिएको छ । बाँकेको पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउने लक्ष्यका साथ तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स अब नेपालगञ्जमा पनि सञ्चालनमा ल्याएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव र सफल नेतृत्व गरेका पदम सुवेदीद्वारा स्थापित […]