प्रधानमन्त्रीको संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित

सदरलाइन संवाददाता १२ बैशाख २०८२, शुक्रबार १२:१४
 

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो । तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।


सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् । आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा पुर्ण खोप सुनिश्चित पालिका

१२ बैशाख २०८२, शुक्रबार १२:१४
नेपालगन्ज : डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट […]