पूर्वमन्त्री राईलाई ‘कुखुरा तस्कर’संग जोडेको प्रति सचिवालयको खण्डन, पुष्टि गर्न चुनौती

सदरलाइन संवाददाता ३ बैशाख २०८२, बुधबार १९:४२
 

नेपालगञ्ज : पूर्वमन्त्री तथा जनता समाजबादी पार्टीका महासचिव मो. इश्तियाक राईलाई ‘कुखुरा तस्कर’संगको जोडेर सामाजिक संजालमा ‘शेयर’ भएका समाचारप्रती जनता समाजवादी पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महासचिव राईको सचिवालयको तर्फबाट नेता राजेन्द्र बिश्वकर्माले सार्वजनिक गरिएकोे बिज्ञप्तिमा पूर्व मनत्री तथा जनता समाजबादी पार्टीका महसचिव राईको मान, प्रतिष्ठामाथि आँच पुर्याउने कुत्सित मनसायले समाचारका नाममा डिजिटल प्लेटफर्महरू मार्फत भ्रम छर्ने गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘एक वर्षअघि एउटा अनलाइन मिडियाले आफै कपोलकल्पित ढंगले रचेर सम्प्रेषण गरेको मनगढन्ते सामग्रीलाई अहिले केही मिडियाले सनसनीपूर्ण रूपमा साभार गर्नु र विरोधी तत्वहरुले सामाजिक सञ्जाल मार्फत मनगढन्ते सामग्रीलाई व्यापक बनाउन उद्धत देखिनुलाई सामान्य ठहरÞ्याउन सकिदैन । यस्तो दुष्प्रचार हुनुमा नियोजित षडयन्त्र रहेको प्रष्ट बुझिन्छ’–बिज्ञप्तिमा उल्लेख छ ।

तस्करी र अवैध आयात जस्ता क्रियाकलापहरूलाई निस्तेज पार्न पूर्वमन्त्री राई सदैव सक्रिय रहँदै आएको तथा प्रहरी–प्रशासन र भन्सार लगायतका सरकारी निकायहरूलाई तस्करी नियन्त्रणका लागि सदैव आवश्यक सहयोग र सचेत गराउँदै आएको बताइएको छ ।


आर्थिक मन्दी र बैंकको चर्को ब्याजको मार खेपिरहँदा नेपाली पोल्ट्री व्यवसायीहरूलाई कसरी उकास्न सकिन्छ भनेर राईले वहाँहरूको हितमा आफूलाई उभ्याउँदै आएको बिज्ञप्तिमा उल्लेख छ ।

संधै नेपाली कुखुरा उत्पादक, किसान र व्यवसायीहरूको पक्षमा रहँदै आउनुभएका पूर्वमन्त्री राईलाई मनगढन्तेरूपमा तस्करीको आरोप लगाउने कार्य निन्दनीय र भत्र्सनायोग्य भएको जनाइएको छ ।

‘यस्ता कपोलकल्पित र भ्रामक सामग्रीले आम जनतालाई गलत सन्देश मात्र दिँदैन, पत्रकारिता जगतकै विश्वसनीयता माथि पनि गम्भीर संकट निम्त्याउँछ ।’ बिज्ञप्तिमा उल्लेख छ,–‘ त्यसैले अहिले नेपालको पत्रकारिताप्रति जनविश्वास गुम्दै गइरहेका बेला जिम्मेवार भइ सत्य तथ्य समाचार सम्प्रेषण गरी विश्वास आर्जन गर्नेतर्फ लाग्न सम्बन्धित संचारमाध्यमलाई सचेत गराउन चाहन्छौं ।

त्यस्तै भ्रामक सामग्रीहरूलाई अमूक व्यक्ति÷दलका लागि ‘राजनीतिक लाभ’को साधन बनाउन बदनियत राखेर सामाजिक सञ्जालमा नियोजितरूपमा अफवाह फैलाइरहेकाहरूलाई पनि हामी प्रचलित कानून अनुसार जवाफ दिने प्रष्ट पार्न चाहन्छौं ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुखुरा विकास फार्मबाट उत्पादीत स्थानीय प्रजातिको कुखुराको चल्लाको माग बढ्दो

३ बैशाख २०८२, बुधबार १९:४२
खजुरा (बाँके) : लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको कुखुरा विकास फार्म खजुराले उत्पादन गरेका स्थानीय प्रजातिका कुखुराका चल्लाको माग बढ्दो रहेको छ । फार्मले अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसंधान र व्यवसायिक कृषकलाई प्राविधिक सेवा दिदै फर्मबाट चल्ला उत्पादन गरी किसानलाई व्यवसायिक रुपमा उपलब्ध गारउदै आएको छ । कुखुरा […]

सम्बन्धित