
नेपालगञ्ज : नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक गरिएको छ । शनिवार नेकपा एमाले बाँकेको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि महाधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।
लागो सार्वजनिक कार्यक्रमका अवसरमा नेपाल मुस्लिम ईत्तेहाद संगठनका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी तथा प्रतिनिधि सभा सदस्यद्वय सुर्य ढकाल तथा दिपा शर्माको समेत विशेष सहभागिता रहेको थियो ।

लोगो सार्वजनिक कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । यहि बैशाख २० र २१ गते नेपालगञ्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।



