नेपाल पुलिसको भारतको सिलगुरी एफसीविरुद्ध ४–० को सहज जित

सदरलाइन संवाददाता ६ बैशाख २०८२, शनिबार १९:४८
 

नेपालगन्ज : भारतको सिलगुरी एफसीविरुद्ध ४–० को सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार नेपालगञ्ज रंगशालामा पुलिसलाई जित दिलाउन निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ निर्मला घोषित भइन् ।

अब पुलिसले फाइनल प्रवेशको लागि वैशाख ९ गते अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले नै पराजित गरेको थियो ।


पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् । पाँच मिनेटपछि नै निर्मलाले पुलिसको अग्रता दोब्बर बनाए ।

पुलिसले २२औं मिनेटमा आफ्नो अग्रतलाई ३–० मा पु-यायो । निरुले पेनाल्टीमार्फत गोल गरिन् ।

निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । दोस्रो हाफमा भने सिलिगुरीले सुधारिएको खेल खेलेको थियो । दुवै टोलीबाट गोल भने निस्कन सकने ।

आइतबार घरेलु टोली बाँके ११ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि पहल

६ बैशाख २०८२, शनिबार १९:४८
भैरहवा :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ […]

सम्बन्धित