२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगञ्जको बागेश्वरी मन्दिरमा डेढ सयबढीले त्रिशुलले जिब्रो छेडेर गरे दर्शन



 

नेपालगञ्ज :  हिन्दू धर्मावलम्बीहरुको चैतेदशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चलि आएको छ ।

यो परम्परा अनुसार चैतेदशै र बडादशैको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकी देवी बागेश्वरीमाताको दर्शन गर्नेको भिड नै लाग्ने गरेको छ ।

नेपालगञ्ज प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा चैतेदशै नवरात्रादेखि निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्ने चलन परापूर्वकालदेखि नै चलि आए अनुरुप आफले पनि अनुसरण गर्दै आएको नेपालगञ्ज–१८ कारकाँदौका सुकदेब रैदासको भनाई छ ।

बाबु बाजेले चलाएको परम्परालाई धान्नको लागि नवरात्राको ब्रत बसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरिने गरिएको उनको भनाई छ ।‘ नवमीको दिनभरी आफ्नो शरिरमा देवी प्रवेश गरेपछि जिब्रो छेडेर माताको पूजा गर्ने गरेका छौ ।’

आफु देविको साधक रहेकोले देबिलाई खुशी पार्न नवमीको दिनमा दजनौ पटक जिब्रो छेडेर देवी माताको दर्शन गर्ने गरेको उनको दाबी छ । ‘यसरी जिब्रो छेड्दा न कुनौ दुख्ख हुन्छ नत घाउ नै हुने गरेको छ । बडा दशैको नवमी र चैते दशैको नवमीमा हामीले यसरी नै जिब्रो छेड्ने गरेका छौ ।’

उनले आफुले यो शक्ति आफ्ना गुरुबाट हाशिल गरेको बताए । आफुले पनि आफ्नो विरासत थाम्नको लागि धेरै चेला समेत बनाई सकेको बताए ।

मेरो यो भाकल पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडा दशैको नवमी र चैते दशैको नवमीको दिनमा जिब्रो छेड्ने परम्परा रहि आएको अनुसार आफुले पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने गरेको नेपालगञ्ज कारकाँदोका रामआधार रैदासको भनाई छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनहरुले चोखोनितो गरी शुद्ध निराहर ब्रत बसेर माता बागेश्वरीलाई खुशी बनाउन आफ्नै रगत चढाउने वा जिब्रो छेड्ेर देवीको पूजाआजा गर्ने चलन रहेको नेपालगञ्ज १३ का मलाती प्रसाद बताउछन् ।

उनले भने–‘ धेरै साधना र चोखो नितो गरेर ब्रत बसेकाले मात्र जिब्रो छेडेर देविको दर्शन गर्न सक्छन । जो पायो त्यसले कहाँ सक्छ र यो गर्न । म आफु जान्ने भएदेखि अहिलेसम्म धेरैले जिब्रो छेडेको देखेको छु । ’

नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेर पूजा गर्ने परम्परा रहेको छ । पूजा गरिसकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उनीहरुको भनाई छ ।

हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेडेर दर्शन गर्ने गरेको मन्दीर व्यवस्थापनले जनाएको छ । मन्दीरका मुल पुजारी हिन्दूधर्मगुरु चन्द्रनाथ योगीले बडा दशै र चैते दशैको नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता अनुसार जिब्रो छेड्ने गरिएको बताए ।

उनका अनुसार केही वर्ष अघिसम्म भक्तजनहरुले आफ्नो भाकल पुरा भएपछि जिब्रो काटेर देविलाई चढाउने गरिने भएपनि आजकल भने त्रिशुलले जिब्रो छेडेर दवीको दर्शन गर्ने गरिएको छ ।

 

 

प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार
ताजा समाचार