कोहलपुरको शक्तिनगरमा बासको ‘कचहरी’

सदरलाइन संवाददाता ५ बैशाख २०८२, शुक्रबार १७:१३
 

कोहलपुर (बाँके) : सुशासनको क्षेत्रमा क्रियाशिल बास नेपालले कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगर टोलमा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरेको छ ।

रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा सो कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरिएको हो ।

प्लाष्टिकजन्य फोहोरमैला ब्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा कार्यक्रमहरु गर्ने क्रममा कचहरी नाटक प्रस्तुत गरिएको थियो भने नाटक प्रदर्शन स्थलमा झण्डै एक सय जनाको उपस्थिति रहेको थियो ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरसिंह कठायत, कोहलपुर नगरपालिका वाताबरण शाखा प्रमुख बिरबहादुर थापा, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, निर्देशक हेमराज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कचहरीमा बिभिन्न आमा समुह, सामुदायिक बन समिति, नगरस्तरिय युवा सञ्जाल, टोल बिकास संस्थाहरु बाट सहभागीता रहेको थियो ।

प्लाष्टिकको प्रयोगमा कमी ल्याउन हरेक नागरिकहरु स्वयं सचेत हुन जरुरी रहेको र सामान किन्न बजार जाँदा कपडाको झोलानै प्रयोग गरौं भन्ने शन्देश छर्न देखाईएको कचहरीमा घर बाटै फोहोर बर्गीकरण गर्दा ध्यान दिनु अबश्यक रहेको कुरा कचहरीमा प्रस्तुत गरिएका हो ।


कचहरी नाटकका पात्रहरुमा मन भण्डारी, रबिन्द्र बोहोरा, शोभा भण्डारी, शोभा थापा मगर, तपेन्द्र मलाती र लोक बहादुर घर्ति रहेका थिए ।

नाटक समापनसँगै नाटकका पात्रहरुले चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरा,ैं रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं, प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य अंिकंत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कचहरी नाटक समापन सँगै आफ्ना भनाई राख्दै वडा नम्बर २ का वडा अध्यक्ष कठायतले नाटकका पात्रहरुद्वारा प्रस्तुत गरिएका बिषयबस्तुहरु बोल्नै नपर्ने गरी सरसफाईको क्षेत्रमा छर्लङ भएको बताए । बास नेपालले आफ्नो समुदायमा गर्दै आएको सरसफाई सम्बन्धि कार्यक्रम उल्लेखनीय भएको बताउँदै आगामी कार्यक्रमहरु मिलेर गर्ने उनले थपे ।

बास नेपालका केन्द्रीय अध्यक्ष बर्माको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका निर्देशक हेमराज भट्टले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक माधव कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूतपूर्व सैनिक–प्रहरी संगठनको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

५ बैशाख २०८२, शुक्रबार १७:१३
काठमाडौं  :  नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुनः विनोद पाण्डे सर्वसममत निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार राती सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाली सेनाका अवकाशप्राप्त जर्नेल पाण्डेलाई पुनः अध्यक्षमा सर्वसममत निर्वाचित गरेको हो । महाधिवेशनले उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज […]