२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अन्दोलनरत शिक्षकको माग पुरागर्न सरकारले ध्यान दिन आवश्यक : काँग्रेस केन्द्रीय सदस्य महर



काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरुसंग कुरा गर्दै नेता महरले सो कुरा बताएका हुन ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समयदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन । विगतको सरकारसंगको सहमति कार्यान्वयनका लागि सरकार खासै संबेदनशील नदेखिएको उनीहरुको आरोप थियो ।

मन्त्री परिषदको वैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरु भएको वताउदै नेता महरले हुन सक्ने मागका लागि छिटो मन्त्री परिषको वैठक राखेर टुंग्याईनु पर्ने र बाँकी बिषयको वर्गिकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढन सकिने तमामौ आधारलाई सरकारले गम्भीर रुपमा लिनु पर्ने सुझाव दिए ।

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निश्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार
ताजा समाचार