२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बालुवाटारमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको छलफल



छलफल सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ :  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समसामयीक विषयमा शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता छलफलमा सहभागी छन् ।

संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता छलफलमा जुटेका हुन ।

प्रधनमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा तीन दलका शीर्ष नेतासँगै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छन् । गोरखापत्र अनलाईनबाट 

प्रकाशित मिति : २०८२ वैशाख ६ गते शनिबार
ताजा समाचार