काठमाण्डौका जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

सदरलाइन संवाददाता २१ चैत्र २०८१, बिहीबार १८:१८
 

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् । महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यालय प्रवेश गराउदै कार्यकक्षमा पुराएका हुन् ।

गुरागाईँलाई कार्यकक्षमा प्रवेश रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको भए पनि जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पु¥याएका हुन् ।


काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गरेको भए पनि जवाफमा मन्त्रालयले उनलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परिस्थितिले गणतन्त्रबादी एकठाउँमा हुन आवश्यक बनायो : पूर्वप्रधानमन्त्री प्रचण्ड

२१ चैत्र २०८१, बिहीबार १८:१८
नेपालगञ्ज : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस–एमाले सच्चिएर आएमा पुनः गणतन्त्रबादी शक्ति एकठाउमा हुनसक्ने बताएका छन् । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन । परिस्थितिले गणतन्त्रबादी एकठाउँमा हुन आवश्यक बनाएको बताए । पूर्व प्रधानमन्त्री […]