२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पेनाल्टी सुटआउटमा घानालाई पछाडि पार्दै काँक्रेबिहार फुटबल क्लव सुर्खेत विजयी



कोहलपुर (बाँके) :  कोहलपुरको तेह्र विगाह खेलमैदानमा जारी मुख्यमन्त्री कप गोल्डकप फुटवल प्रतियोगिता अन्तरगतको आज मंगलबार भएको अफ्रिकन घाना र काँक्रेबिहार फुटबल क्लव सुर्खेतबीचको खेलमा काँक्रेबिहार फुटवल क्लव सुर्खेत पेनाल्टी सुटआउटका आधारमा विजय भएको छ ।

पहिलो हापको खेल प्रतिश्पर्दात्मक भएपनि कुनै पनि टिमका तर्फबाट गरिएको प्रयास गोलमा परिणत हुन सकेको थिएन । दोस्रो हापको ५१ औ मिनेटमा काँक्रेबिहार फुटबल क्लव सुर्खेतका धनसिंह विकले पहिलो गोल गरेर १–० गोलको अन्तरले अघि बढाएको भएपनि खेलको५७ औ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले गरेको गोलले खेललाई रोमाञ्च १–१ मा पुराएको थियो ।

खेलको ७९ औ मिनेटमा घानाका जर्सी नं ८ का अकेन्टो ओपेमी पवेले गो गरी खेल २–१ मा पुराएको भए पनि धेरै समय टिक्न सकने त्यसलाई काँक्रे बिहार सुर्खेतका जसी नं. ५ का गनेश पुलामीले ८४ औ मिनेटमा गोल गरी बराबरीमा पुराएका थिए ।

निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले पछि पार्दै काँक्रेबिहार सुर्खेतले जीत निकालेको हो ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार
ताजा समाचार