नेपाल कुशवाहा कल्याण समाजको होली मिलन कार्यक्रम

सदरलाइन संवाददाता १८ फाल्गुन २०८१, आईतवार १६:०१
 

नेपालगञ्ज :  नेपाल कुशवाहा कल्याण समाज बाँकेले आउदै गरेको फागूपर्वका अवसरमा होलीमिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कुशवाहा कल्याण समाज बाँकेका जिल्ला अध्यक्ष राजकुमार मौर्याकोे अध्यक्षता तथ नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सचिव भरत महतोको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।

बाँकेमा करिव ७ हजारको संख्यामा रहेको कुशवाह मौर्य जातिको उत्थानको लागि कृयाशिल कार्यसमिति पदाधिकारी, बर्गिय समाजका पदाधिकारी समाज अगुवा, युवा, विद्यार्थी, कर्मचारीको उपस्तिथि रहेको थियो ।


सो कार्यक्रममा समाजको प्रतिनिधित्व गर्दै राष्टसेवक कर्मचारीहरु, समाजसेवी र उत्कृष्ठ विद्यार्थीलाई सम्मान गर्नुको साथै एक आपसमा होली शुभकामना आदान प्रदान गरिएको केन्द्रीय सचिव भरत महतोले जानकारी दिए ।

कार्यक्रममा स्वागत सहसचिव कमलेश मौर्यले गरेको कार्यक्रम माथि प्रकाश नेपाल कुशवाहा कल्याण समाज डुडुवा गाउँपालिकाका अध्यक्ष अशोक मौर्याले गरेका थिए भने कार्यक्रम संचालन अजय मौर्यले गरेका थिए ।

सो अवसरमा समाजका संस्थापक अध्यक्ष सीताराम महतोको ८६ वर्षको उमेरमा गत फागुण ८ गते भएको असमायिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा अध्यक्ष बर्माद्वारा श्रीतिरुपति बालाजी धाम जाने सडक शिलान्यास

१८ फाल्गुन २०८१, आईतवार १६:०१
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १८ विकास निर्माणका कारण आफ्नो भिन्न परिचय बनाउन सफल भएको छ । यसैक्रमलाई निरन्तरता दिदै आरसिसि नाला सहित अस्फालल्ट कालोपत्रे योजनालाई धमाधम तिब्र पारिएको छ । सो वडाका वडा अध्यक्ष दिपक वर्मा नेतृत्वको जनप्रतिनिधिको टिमले आफ्नो वडालाई पूर्वाधारका हिसावले अन्य वडा भन्दा फरक पहिचान बनाउने […]

सम्बन्धित