२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

डा. धवलको रिहाइको माग गर्दै नेपालगञ्जमा प्रदर्शन



नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.धवलशम्सेर राणाको रिहाईको माग गर्दै उनका समर्थकहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।

उनी शुक्रबार काठमाण्डौमा दुईजनाको ज्यानजाने गरी भएको हिंशात्मक प्रर्दशनी पछि प्रहरी नियन्त्रणमा परेका थिए । उनी प्रहरी नियन्त्रणमा रहेको प्रतिनिधि सभामा समेत जानकारी गराईएको छ ।

नेपालगञ्जको सुर्खेतरोडमा भएको प्रदर्शन नाराबाजीसहितको धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । धम्बोझीचोकमा प्रदर्शनकारीले टायर बालेर केहीबेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र पौडेलले पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

कोणसभामा नेपाल शिवसेनाका महासचिव मंगल जीएम, राजावादी नेता तेजबिक्रम शाहलगायत बोलेका थिए ।

प्रकाशित मिति : २०८१ चैत १६ गते शनिबार
ताजा समाचार