२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

चामुण्डा विन्द्रासैनीमा चामुण्डा प्रिमियर लिग क्रिकेट हुदै



दैलेख  :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रथम दैलेख जिल्ला अन्तरपालिकास्तरिय चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ ।

स्थानीयस्तरमा खेलकुदको विकास तथा खेलाडीको क्षमता विकास गर्न स्थापना भएको चामुण्डा बिन्द्रासैनी स्पोट एकेडेमीको स्थापना उपलक्ष्यमा यहि चैत्र १५ गतेदेखि १९ गतेसम्म विन्द्रासैनी खेलमैदानमा १२ ओभरको क्रिेकेट प्रतियोगिता हुने आज चामुण्डा विन्द्रासैनीमा पत्रकार सम्मलेन गरि स्पोट्र्स एकेडेमीले जनाएको छ ।

दैलेख जिल्लाका ११ वटै पालिका तथा दर्ता भएका क्लवको सहभागि रहने प्रतियोगितामा प्रथम हुनेलाई ७१ हजार १ सय एकहत्तर, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछन भने र द्धितीय, तृतिय तथा सान्त्वना हुने टिमले क्रमशः ४१ हजार १ सय एक्चालिस , २१ हजार १ सय एक्काइस र ११हजार १ सय एघारको पुरस्कार राशी प्राप्त गर्ने छन् ।

करिव ६ लाख २० हजार खर्च अनुमान गरिएको क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बडिमालिका निमार्ण सेवा, विरेन्द्रनगर सुर्खेत रहेको छ ।

प्रतियोगिमा चामुण्डा विन्द्रासैनी नगरपालिका, कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रालि सुर्खेत, सफल निमार्ण सेवा नेपालगञ्ज, सुशान्त निर्माण सेवा, सुर्खेतको सहकार्य रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत ६ गते बुधबार
ताजा समाचार