नेपाल संस्कृत विश्वविद्यालयद्वारा दीक्षान्त समारोहका सफल बनाउने सम्पूर्णमा कृतज्ञता ज्ञापन

सदरलाइन संवाददाता १ असार २०८०, शुक्रबार १८:५३
 

दाङ :  नेपाल संस्कृत विश्वविद्यालयले दीक्षान्त समारोह सम्पन्न गर्नका लागि भूमिका खेल्ने सम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले विज्ञप्ति जारी गरी दीक्षान्त समारोह सफल बनाउने सम्पूर्ण व्यक्ति र संघसंस्थाप्रति आभार एवं कृतज्ञता प्रदान गरेका छन् ।

‘जेठ ३१ गते आयोजना गरेको पाँचौं दीक्षान्त समारोहलाई भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं । विगत १२ वर्षदेखि विविध कारणले रोकिदै आएको दीक्षान्त समारोहमा सहभागी भई हामीलाई हौसला प्रदान गर्नुहुने विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक डा. हरेराम त्रिपाठी, नेपाल संस्कृत विश्वविद्यालयका सहकुलपति नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, नेपाल संस्कृत विश्वविद्यालयका सभासदहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनज्यू, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सभामुख तुलाराम घर्ती मगर, पूर्व मुख्यमन्त्रीहरु, संघ र प्रदेश सभाका सदस्यहरु, जनप्रतिनिधिहरु, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी, उच्च पदस्थ सरकारी अधिकारीहरुप्रति विश्वविद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु’, उपकुलपति प्रा.डा. लामिछानेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

दीक्षान्त समारोहमा १० वटा शैक्षिक सत्रमा विद्यावारिधि, आचार्य, शास्त्री, विएएमएस., एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७७३ जनामध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५ सय ७५ जना विद्यार्थीलाई दीक्षित गरेको र प्रत्येकवर्ष उत्कृष्ट अंक लिन सफल विद्यार्थीलाई ६२ वटा स्वर्णपदक प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।


‘विश्वविद्यालयका लागि दीक्षान्त अत्यन्तै महत्त्वपूर्ण समारोह भएकाले यसको महत्त्व बुझेर यसलाई सफल बनाई विश्वविद्यालयको समग्र प्राज्ञिक भविष्य उज्ज्वल बनाउने विश्वविद्यालय परिवार एवं सम्पूर्ण शुभेच्छुकहरुप्रति विश्वविद्यालय आभार प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालय राज्यको महत्त्वपूर्ण सम्पत्ति र धरोहर भन्दै उपकुलपति प्रा.डा. लामिछानेले पूर्वीय भाषा, साहित्य र वाङ्मयको संरक्षण र विकासका लागि नेपाल संस्कृत विश्वविद्यालयको विकास हुनु नितान्त आवश्यक बताए ।

‘१२ वर्षको अन्तरालमा भएको दीक्षान्त समारोह सबैको सहयोगबाट सफल भएको हाम्रो बुझाई रहेको छ । अन्त्यमा आगामी दिनमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा गर्दै दीक्षान्त समारोह सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरु हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछुु’, उपकुलपति प्रा.डा. लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–२० मदनापुरमा पिपिआरले दुई बोका मरे

१ असार २०८०, शुक्रबार १८:५३
नेपालगञ्ज :  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मदनापुरका स्थानीय महिला बचत समूहले पालेका बाख्रामा पिपिआर रोगका कारण दुईवटा बोका मरेका छन् । केहीदिन अघि स्थानीय सरिता चौधरीले पालेका २ वटा बोका पिपिआर रोगका कारण मरेको पीडित सरिताले जानकारी दिईन । उनले डुडुवा महिला बचत समूहमा आबद्ध रहेर नेपालगञ्ज उपमहानगरपालिका […]

सम्बन्धित