कंडेलको चुनावी अभियान झनै आक्रामक हुँदै

१३ मंसिर २०७४, बुधबार १२:२७
 

सदरलाइनडटकम 
१३ मंसिर, नेपालगन्ज : चुनाबको तिथि नजिकिदै गर्दा बाँके क्षेत्र नम्वर २ मा एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार तेजनारायण कँडेलले बुधबार पनि चुनावी अभियानलाई तीब्रता दिएका छन् । मतदाताको हौसलाबाट उत्साही भएका कँडेलले आफ्नो चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका हुन् ।
कँडेलले बुधबार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १३ बुलबुलिया लगायत क्षेत्रमा चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उम्मेदवार कँडेलले आफुलाई त्यसक्षेत्रका मतदाताहरुले न्यानो आथित्यताले स्वागत गरेको बताए ।
प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आफ्नो पार्टीका उम्मेदवार नदिनु र हिन्दू सनातन धर्म आफ्नो मुख्य चुनावी नाराका भएका कारण एकिकृत राप्रपा राष्ट्रवादीले बलियो बन्दै गएको बताए ।
पार्टीका सहायक प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले सनातन हिन्दूत्वलाई मन पराउनेको संख्या अधिक रहेकाले आफ्नो जित सुनिश्चित रहेको समेत दाबी गरेका छन् । घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ क का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको छ । फोटो : एकिकृत राप्रपा राष्ट्रवादीको प्रचार सचिवालय 


Next Post

संघिय समाजबादी फोरमको घरदैलो जारी

१३ मंसिर २०७४, बुधबार १२:२७
सदरलाइनडटकम   १३ मंसिर, नेपालगन्ज : निर्वाचनको मिति ९ दिन बाँकी हुँदा संघिय समाजवादी फोरम नेपालका प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार ईस्तियाक राईले शहर केन्द्रित प्रचार अभियान तिब्र पारेका छन् । बुधबार पार्टीका नेता तथा कायकर्ताहरुको साथमा नेपालगन्जको सल्यानीबाग, गणेशपुर, लगायत वडा नम्बर ४ का विभिन्न टोलमा घरदैलो मार्फत मतदातासँग भोट मागि […]