१५ बर्षीय सलिना बनिन् शिक्षा शाखा प्रमुख

सदरलाइन संवाददाता २८ आश्विन २०७९, शुक्रबार १०:०८
 

ठाकुरबाबा (बर्दिया) : ‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

बालिका दिवसको अवसरमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखको पद आज ठाकुरबाबा–४ का परिवर्तनका सम्वाहक(सिओसी) कक्षाको १५ बर्षीया सलिना चौधरीले सम्हालेका छन् । सो पद सम्हाल्दै सलिना चौधरीले ठाकुरबाबा नगरपालिकाका किशोरीहरुको लागि सम्पुर्ण विद्यालयहरुमा स्वस्थ खाजाको ब्यवस्था र सेनेटेरी प्याडको निशुल्क ब्यवस्था गरिने प्रतिबद्धता समेत जनाईन् ।

ठाकुरबाबा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख सिता कुमारी भण्डारीले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरि ठाकुरबाबा नगरपालिको वडा नं. ५ मा अवस्थित सिओसी कक्षाका १८ बर्षीया जुनमाया थारुले बगनाहा स्वास्थ्यचौकीको प्रमुख पद सम्हालेका थिइन् । स्वास्थ्यचौकीका प्रमुख ओम चुनाराले आफनो पद हस्तान्तरण गरेका थिए कार्यभार सम्हाल्दै जुनमाया थारुले विद्यालयहरुमा निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिने प्रतिबद्धता जनाईन् ।

सो कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले समग्र विकासको लागि पालिकाले १० बर्षे गुरु योजना निर्माण गरि अगाडि बढेको र विद्यालयमा किशोरीहरुको शिक्षाको निरन्तरताको लागि शिक्षाको क्षेत्रमा बजेट विनियोजन गरेको तथा बालबालिकाहरुलाई सुरक्षित वातावरण सिर्जना गर्न पहल गरिएको बताए ।

त्यसैगरि विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले ठाकुरबाबा नगरपालिकाले किशोरी तथा बालिकाहरुको शिक्षामा पहुँच पु¥याउनको लागि विद्यालयहरुमा महिनावारी ब्यवस्थापन कक्ष, खाने पानी तथा सरसफाईको उचित ब्यवस्था गरिएको बताए ।


ठाकुरबाबा नगरपालिकाका उपमेयर विना कुमारी भट्टराईले बालिका दिवशको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु हुदै बालिकाहरुलाई सबै भन्दा शिक्षामा निरन्त्रता दिनु पर्ने बताईन । अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा बर्दिया जिल्लामा पनि ‘गर्ल्स टेक ओभर’ कार्यक्रम भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रप) र सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल)को सहकार्यमा भई रहेको छ ।

प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।

रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पताललाई प्रजनन् सम्वन्धि औषधि हस्तान्तरण

२८ आश्विन २०७९, शुक्रबार १०:०८
नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पताललाई प्रजनन् सम्वन्धि औषधि हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा रेडक्रसले करिव ६ लाख मूल्य बराबरको प्रजनन् सम्बन्धि औषधि हस्तान्तरण गरेको नेपाल रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक नगेन्द्र अर्यालले जानकारी दिए । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा आपतकालीन अवस्थाको […]

सम्बन्धित