घर किन्दा श्रीमती सित्तैमा पाईने घोषणा

४ पुष २०७४, मंगलवार १३:२०
 

एजेन्सी / नेपालगन्ज   
एउटा समान किन्दा अर्को समान सित्तैमा पाउने कुरा त सुनिएकै हो तर, घर किन्दा श्रीमती सित्तैमा पाईने कुराले भने सबैलाई अचम्मै तुल्याएको छ ।
आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारीले अथवा कर्पोरेट हाउसले विभिन्न खालका आर्कषक अफरहरु ल्याउने कुरा सर्व विधितै छ । तर, एउटा यस्तो अनौठो अफर घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ ।
इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र सो विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।
यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसागै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।
यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपिहा अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ । एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।
कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यस बारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरी समेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफु दुखी बनेको उनी बताउँछिन् ।

Next Post

किशोरी माथि गस्तीमा रहेका म्यादी प्रहरीद्वारा सामुहिक बलात्कारको आरोप

४ पुष २०७४, मंगलवार १३:२०
सदरलाइनडटकम   ४ पुस, नेपालगन्ज : गस्तीमा रहेका म्यादी प्रहरीमाथि स्थानीय किशोरी बलात्कार गरेको आरोप लागेको छ । बाँकेको नरैनापुर–५ मटेहियामा १४ बर्षिया एक किशोरी माथि म्यादी प्रहरीद्वारा सामूहिक बलात्कार गरिएको आरोप लगाईएको छ । इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको स्थानीयबासीको […]