प्युठान : प्युठानको माडी नदीमा बगेर दुईजना बालिका बेपत्ता भएका छन् । नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो ।
बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका–४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए । उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका आठजना प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी भैरहेको छ ।