पाँच जना बिचौलियालाई सम्झाई बुझाई छाडियो

सदरलाइन संवाददाता १५ असार २०७९, बुधबार १५:२०
 

नेपालगञ्ज : सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडेको छ ।

भेरी अस्पताल, नेपालगञ्ज परिसरबाटै आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न कर लगाउने तथा निजी क्लिनीकमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडेको हो ।

भेरी अस्पतालमा बिचौलियाले बिरामीलाई दिनहुँ दुःख दिएको गुनासो आएपछि मंगलबार अस्पताल परिसर भित्रै बिरामीका आफन्तलाई जबर्जस्ती गरिरहेको अवस्थामा तीन जना महिला र दुई जना पुरुष बिचौलियालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।


पक्राउ परेकाहरुलाई अबदेखि अस्पतालमा आएर दलाली नगर्ने सर्तमा परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

पछिल्लो समय भेरी अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढिरहेकोले सादा पोषाकको प्रहरी परिचालन गरि अस्पताल परिसरलाई चोर र बिचौलिया मुक्त बनाउने अभियान थालिएको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एक महिलाको शव भेटियो

१५ असार २०७९, बुधबार १५:२०
नेपालगञ्ज : कोहलपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर नगरपालिका २ स्थित दिपनगर चोकमा रहेको प्रतिक्षालयमा बुधबार बिहान करिब ६ बजे ति महिला मृत अवस्थामा भेटिएकी हुन् । करिब ६०/६५ वर्षको देखिने मृतक महिलाको सनाखत भने नभएको प्रहरीले जनाएको छ । शवलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखी […]