
नेपालगञ्ज : सरस्वती पुजाको अवसर पारेर बाँकेको महेन्द्र पुस्तकालय नेपालगञ्जमा सहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय कार्यालय नेपालगञ्ज र महेन्द्र पुस्तकालय नेपालगञ्जको संयुक्त आयोजनामा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा जीवेन्द्र देव गीरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुई दर्जजबढी श्रष्ठाले आ–आफ्नो रचना बाचन गरेका थिए ।


पुस्तकालयका सचिव मणिरत्न अर्यालले सहजिकरण गरेको सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरीप्रसाद तिमिल्सेना, प्राज्ञ महानन्द ढकाल, पुक्ष्पमणी प्रधान, विष्णु पादुका, पुस्कर रिजाल, चरित्रा शाह, किरण आचार्य, प्रा.डा जनार्दन आचार्य, नरेन्द्रजंग पिटर, भरत रानाभाट, कल्पना जीज्ञासुलगायतले आ–आफ्नो रचना बाचन गरेका थिए ।



