नेपालगञ्ज वडानं. १ द्वारा बिमा रकम हस्तान्त्रण

सदरलाइन संवाददाता २४ माघ २०८१, बिहीबार १८:१७
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ ले वडामा बसोबास गर्दै आएका तीनसय बढी निम्न बर्गका मजदुरको जीवन बिमा गरिदिएको छ । वडाध्यक्ष प्रमोद रिजालका अनुसार, वडाभित्र रहेका ३ सय ११ जना मजदुरको बिमा गरिएको छ ।

वडापालिकाको आर्थिक सहयोगमा वडामा रहेका विपन्न मजदुरको बिमा गरिएको कारण बिमित दुई मजदुरले मृत्यु वरणपछि क्रिया खर्च र बिमित रकम हस्तान्त्रण गरिएको छ ।

वडा नं. १ ले वडाबासी दैनिक ज्यालादारी गर्ने ३ सय ११ जना मजदुरहरुको म्यादी जीवन बीमा जारी गरेको र त्यी मध्ये २ जना बिमितहरु मुन्नी पासी र हनुमान बर्माको असामयिक निधन भएको कारणले यी असंगठित मजदुरका परिवारले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँका दरले बिमा रकम पाए ।


त्यसका लागि वडाले १ लाख ५७ हजार खर्च गरेको थियो । औसत निकाल्दा बिमामा प्रतिव्यक्ति ५ सय ५ रुपैया खर्च गरिएको छ । ५ सयको बिमाले कुनै मजदुरको मृत्यु भएमा एक लाख २५ हजार दिने गरिएको छ ।

वडा कार्यालयले गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेर बिमाको काम गरेको छ । बिमित व्यक्ति घाइते भए पनि उसलाई सहयोग गर्ने गरिएको छ । दुर्घटनामा घाइते भएका धम्बोझीकै भीम गुरुङलाई उपचार खर्च दश हजार रुपैया दिइएको थियो । गार्डियनका प्रदेश प्रमुख बिमल खड्काले १८ देखि ५५ वर्षका मजदुरको बिमा गरिएको जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्जको वडा नं. १, ७, २० र २२ नम्बरमा यो कार्यक्रम सञ्चालनमा रहेको छ । अन्य वडाले पनि इच्छा देखाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, गार्डियनका प्रमुख प्रवन्धक कैलाश देवकोटाले मृतकका परिवारलाई बिमित रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वडानं. १ द्वारा खेल सामग्री तथा पोषाक वितरण

२४ माघ २०८१, बिहीबार १८:१७
नेपालगञ्ज :  नेपालगञ्ज वडानं. १ द्वारा वडामा रहेको सामुदायिक विद्यालयका विद्यार्थी तथा युवा क्लवलाई खेल सामग्री तथा पोशाक वितरण गरेको छ । धम्बोझी माविको कक्षा १–५ सम्मका विपन्न तथा सिमान्तकृत परिवारका वडाबासी बालबालिकालाई विद्यालय पोषाकको ट्रयाकसुट र विद्यालयलाई भलिवल खेलसामग्री उपलब्ध गराएको छ । सो खेल सामग्री विद्यालयका प्रधानाध्यापक बामदेब […]