२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

खजुरामा लैङ्गिक बिभेद तथा हिंसाविरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न



खजुरा (बाँके) लुम्बिनी प्रदेशमा सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैङ्गिक बिभेद तथा हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ ।

प्रदेशका सबै जिल्लामा विद्यमान रहेका सामाजिक रुपमा रहेका हानिकारक अभ्यासलाई निरुत्साहित गर्नको लागि प्रदेशको सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजनाले विभिन्न स्थानीय तहसगको समन्वयमा यस्तो खालका सचेतनामुलक गतिविधि सञ्चालन गदै आएको हो ।

लुम्बिनी प्रदेस सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजनाले प्रदेशका विभिन्न स्थानीय तहसगको समन्वयमा प्रदेशमा सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैङ्गिक बिभेद तथा हिंसा विरुद्ध सचेतना मूलक गतिविधि गर्दै आएको लैङ्गिक हिंशा प्रातिकार्य समन्वय विज्ञ समेत रहेकी लक्ष्मी पोखरेले जानकारी दिईन ।

२१ ओ शताब्दिमा पनि मानव–मानव बीचमा हुने वा भएका विभेदको अन्त्य गरि समुन्नत प्र्र्रदेश निर्माणका लागि समाजमा रहेका हानिकारक प्रथा र चलनहरु, बालविवाह, जातिय बिभेद, लैङ्गिक हिंशालगायतलाई निरित्साहित बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयका सचिव अणप्रसाद न्यौपानेको भनाई छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले समुन्न्त समाज निर्माण गर्नका लागि बाधक रहने सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैङ्गिक बिभेद तथा हिंसा विरुद्ध सशक्त रुलपमा लाग्नका लागि यस्ता कार्यक्रमले उर्जा दिने बताए ।

उनले सामाजिक रुपमा रहेका गलग अभ्यास निराकरण गर्न वा हटाउन मन्त्रालय मात्रैको प्रयासले नहुने भएकोले सबैको सहकार्य र सहयोगले संभव हुने कुरामा जोड दिए ।

खजुरा गाउपालिकाको समन्वयमा सञ्चालन भएको सो कार्यक्रमम लुम्बिनी प्रदेशबाट सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैङ्गिक बिभेद तथा हिंसा विरुद्ध गरिएका प्रयास, कानूनी उपचारको पाटोलगायतका विषयमा प्रहरी निरिक्षक शिवा थापा, अधिवक्ता ईमानसिंह सुनारलगायतले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार
ताजा समाचार