२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

मुख्यमन्त्री आचार्यलाई अर्घाखाची सम्पर्क मञ्च बाँकेको स्वागत



नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासनको क्षेत्रमा काम गर्न सुरुवात गरेको बताएका छन् ।

अर्घाखाची सम्पर्क मञ्च बाँकेले नेपालगञ्जमा अयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने गाउँको मुहारहरु फेरिने गरी प्रदेश सरकारले कामहरु अघि बढाएको बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका काम र सम्पादन गरेका योजनाहरुमा सुझाव दिन समय कुर्नु नपर्ने बताउदै कतै कमि कमजोरी भेटाएको वा देखेको भए सुझाव दिन अनुरोध गर्दै सरकारले प्राप्त सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा जोड दिए ।

विष्णु खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य देवराज भार, प्रभात सिंह ठकुरी, कस्मिरा खातुनलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार
ताजा समाचार