करिव साढे ११ ग्राम ब्राउन सुगरसहित दुई पक्राउ

अजमत अली सिद्दिकी १८ माघ २०८१, शुक्रबार १९:११
 

नेपालगञ्ज :  बाँके प्रहरीले जमुनाहबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज र ईप्रका जमुनाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका दुई जनाको साथबाट ११ ग्राम ४७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक आयुस प्रसाद जोशीले जारी गरेको विज्ञप्तीमा सो लागू औषध सहित प्रहरी नियन्त्रणमा पर्नेहरुमा लेखवेशी नगरपालिका वडानं. १ वर्ष ३० का भक्तराज थापा र दैलेख भगवतीमाई गाउपालिका –३ वर्ष २८ का हिमाल खड्कालाई शंका लागि खानतलासी गर्दा उनीहरुको जुत्तामा लुकाएको आवस्थामा फेलापारी नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवकोरुपमा मनाइदै, सोमवार सार्वजनिक विदा

१८ माघ २०८१, शुक्रबार १९:११
दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवकोरुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली लुम्बिनी प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजा सहितको झाँकी प्रदर्शन, […]

सम्बन्धित

ताजा अपडेट