कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १४:४१
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । उपचारका क्रममा रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको मंगलवार राती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


त्यस्तै २० गते भेरीमा भर्ना भएका भेरीगंगा नगरपालिका–१३ सुर्खेतका पुरुषमा त्यसैदिन कोभिड पुष्टि भएको थियो । उनको बुधवार विहान मृत्यु भएको हो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार १३ संक्रमित थपिए, १७ डिस्चार्ज

२३ भाद्र २०७८, बुधबार १४:४१
नेपालगञ्ज : बाँकेमा बुधवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा १ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ […]