नेपालगञ्जमा चिसोले जनजीवन प्रभावित

सदरलाइन संवाददाता १८ पुष २०८०, बुधबार १८:४०
 

नेपालगञ्ज : गत केही दिन यता सुरु भएको हुस्सु र कुहिरोसँगै बिहान बेलुका चल्ने शीतलहरले नेपालगञ्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

जल तथा मौसम कार्यालय नेपालगञ्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बुधबार बिहान नेपालगञ्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस थियो ।

मौसमविज्ञान सहायक रानाका अनुसार यसअघि मङ्गलबार नेपालगञ्जको तापक्रम झनै घटेको थियो । मङ्गलबार बिहान नेपालगञ्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो ।


उनले अब केही दिनसम्म यहाँको मौसम यस्तै रहने जनाउँदै अलिअलि तलमाथि मात्रै हुने बताए । केही दिन यता नेपालगञ्जमा राम्ररी घाम लाग्न पाएको छैन । दिउँसो केही छिन मात्र घाम देखिन्छ भने कुनै कुनै दिन दिनभरि नै हुस्सु र कुहिरोले ढाक्ने गरेको छ ।

चिसो बढ्दै जान थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका, ज्येष्ठ नागरिकलगायत दैनिक ज्याला मजदुरी गर्नेहरु सबैभन्दा प्रभावित भएका छन् ।

चिसोकै कारण नेपालगञ्ज बजार सुनसान हुन थालेको छ । दिउँसो र अपराह्न मात्रै बजारमा केही चहलपहल देखिन्छ भने अन्य समयमा बजार सुनसान नै रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै

१८ पुष २०८०, बुधबार १८:४०
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र/छात्रा / फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता माघ ७ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीयतहका विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग […]