मल बोकेर नेपालगञ्ज आउँदै गरेको ट्रक शिवखोलामा खस्यो

सदरलाइन संवाददाता ३ श्रावण २०८०, बुधबार १२:४९
 

नेपालगञ्ज : दाङको अमिलिया पुलबाट ट्रक तल खसेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही– ९ शिवखोला पुलमा लु १ ख ४६०९ ट्रक तल खस्दा चालक गम्भीर घाइते भएका छन् ।

भैरहवादेखि नेपालगञ्जतर्फ मल बोकेर आउँदै गरेको ट्रक अमिलियस्थित शिव खोलामा खसेर चालकको खुट्टा च्यापिएपनि ट्रकको केही भाग काटेर चालकको उद्धार गरिएको प्रहरीले जनाएको छ । ट्रकमा सवार अर्का युवक सकुशल छन् ।


गम्भीर घाइते भएका रुपन्देहीका ३७ बर्षीय ट्रक चालक वसन्त लोहनियालाई उद्धार पश्चात उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलकुद विकास समितिको ताला खोलियो

३ श्रावण २०८०, बुधबार १२:४९
नेपालगञ्ज : साविक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति नेपालगञ्जको कार्यालयमा लगाइएको ताला खोलिएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा (प्रदेश खेलकुद परिषद्, लुम्बिनी) कार्यरत करार कर्मचारी चिरञ्जिवी लम्सालले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाहलाई अभद्र ब्यवहार गरेको भन्दै ताला लगाइएको थियो । इन्जिनियर लम्सालले आफूबाट गल्ती भएको स्वीकार […]