बाँके र बर्दियालाई कर्णाली प्रदेशमा जोडने कुरामा गम्भीर : माओवादी अध्यक्ष प्रचण्ड

सदरलाइन संवाददाता ११ माघ २०८१, शुक्रबार १७:१२
 

नेपालगञ्ज :  नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके तथा बर्दियालाई कर्णाली प्रदेशमा जोडने बिषयमा गम्भीर ध्यान आकर्षण भएको बताएका छन् ।

नेपालगञ्ज उद्योग बाँणिज्य संघको आयोजनामा आयोजित प्रादेशिक ब्यापार मेला उद्घाटन गर्दै सम्बोधन गर्ने क्रममा सो भनाई राखेका हुन ।

पूर्ब प्रधानमन्त्री दाहालले संबिधान निर्माणको १० बर्षमा सबिधानको समिक्षा हुने र संबिधान निर्माणमा सहभागी दलहरुमा समझदारी रहेको अब दशबर्ष पुग्दै गर्दा प्रादेशिक संरचनाको भुगोलको समिक्षा हुने छ ।


नेपाल उद्योग नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सुरीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा नहुनाले नेपालगञ्ज बिकाश तथा ब्यापारमा पछि परेको भन्ने जोडदार भनाई लाई उद्धत गदै आम नागरिकको भावनाको कदर हुने गरि छलफल हुने प्रचण्डद्वारा आस्वासन दिएका थिए ।
सोही सभालाई सम्बोधन गदै बाँके क्षेत्र नम्बर ३ का संघीय सांम्सद तथा नेपाली काँग्रेस केन्द्रीय सह माहामन्त्री किशोर सिंह राठोरले केही पनि भएको छैन भन्ने भास्य सृजना गरि जनतामा भ्रम फैलाईरहेको प्रती इन्कीत गर्दै अहिलेको बिकाश र राजनितिक परिबर्तन तीन ठूला दलहरुले ल्यएको भन्ने भनाई राखेका थिए ।

नेपालगञ्जबासीले अब अबिभावक बिहीन बन्नु नपर्ने नेपालगञ्ज र बाँकेका जनताको सुखदुखमा साथमा रहि अबिभावकत्व ग्रहन गर्ने संघीय सांसद दिपा शर्माले सम्बोधनका क्रममा बताईन ।

नेपालगञ्ज उद्योग बाँणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा उदघाटन सत्रको कार्यक्रम भएको कार्यक्रम बिबिध धार्मीक, साँस्कृर्तीक, जातिय पहिचान सहितको झाँकी बाजा सहितको शोभा यात्राले नेपालगञ्ज नगर परिक्रमा गरि कार्यक्रमस्थलमा प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेकथ्रु’

११ माघ २०८१, शुक्रबार १७:१२
नेपालगञ्ज :  बुटवलको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेकथ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमबाट उपस्थिति जनाउदै सो सुरुङ्ग मार्गको ‘ब्रेकथ्रु’ गरेका हुन । उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो […]