नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाको भवन उद्घाटन

सदरलाइन संवाददाता २८ पुष २०८१, आईतवार ११:३६
 

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लुम्विनी प्रदेश सभासद मिना कुमारी बोहोरा सिद्धिकी र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाद्वारा संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन ।

करिव २८ लाख लागतमा निर्माण भएको ५ कोठे पक्की भवन उपशाखाको २० औं उपशाखा सभामा उद्घाटन गरिएको हो । मनिकापुर उपशाखाका सभापति नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन सचिव जगन्नाथ कडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष डिल्लीराज रेग्मीले पेश गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सापकोटाले भवन निर्माणमा साथ र सहयोग गर्ने संपूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै थप कार्य गर्नको लागि हौसला प्रदान भएको व्यक्त गर्दै अवका उपसाखाको गतिविधि आफ्नै भवनबाट गर्न पाउँदा निकै खुसी लागेको बताए ।

२०६१ साल भाद्र ९ गते तत्कालीन मनिकापुर,गनापुर, बेलहरी र खास कारकाँदो गाबिस कार्यक्षेत्र हुने गरि श्याम राज संस्थापक सभापति रहेको, बाँके जिल्लामा ७औं उपसाखाको रुपमा गनापुर उपसाखा रहेको सचिव कडलेले प्रतिवेदनमा उल्लेख गरेका थिए ।


उनका अनुसार मनिकापुर उपसाखाको हाल नेपालगञ्ज उपमाहानगरपालिका वडानम्बर २० र वडा नम्बर १८ कार्यक्षेत्र रहेको जसमा ३ सय ३ आजिवन सदस्य र ५९ जना साधारण सदस्य रहेको जनाएका थिए ।

भवन निर्माणका लागि लुम्विनी प्रदेशबाट १० लाख, नेपालगञ्ज उपमाहानगरपालिकाबाट ३ लाख, बाँके जिल्ला रेडक्रसबाट १ लाख, नेपालगञ्ज उपमाहानगरपालिका वडानम्बर २० वाट १ लाख र बाँकी स्थानिय संघ संस्थाका साथै ब्यक्तिगत रुपमा दाताहरुवाट भवन निर्माणका लागि बजेट प्राप्त भएको कोषाध्यक्ष रेग्मीले आर्थिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।

सभामा भवन निर्माणका दाताहरुलाई खादामाला प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने प्रबुद्ध व्यक्ति, समाजसेवी ,रेडव्रmस सोसाइटीका आजिवन सदस्य, सदस्य, युवा रेडक्रस सर्रकल, जुनियर रेडक्रस सर्रकलको उपस्तिथी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको ठाकुरबाबामा पाटेबाघको आक्रमणमा परेर एक महिलाको ज्यान गयो

२८ पुष २०८१, आईतवार ११:३६
ठाकुरबाबा (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाकी एक महिलाले पाटे बाघको आक्रमणबाट ज्यान गुमाएकी छन् । मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ठाकुरबाबा–७ की ४० वर्षिया पदमकला थापाको पाटेबाघको आक्रमणबाट ज्यान गएको सोही वडाका वडा अध्यक्ष कलम विष्ठले जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्जका […]

सम्बन्धित