तिब्बत भूकम्प अपडेटः कम्तीमा ३६ जनाको मृत्यु

सदरलाइन संवाददाता २३ पुष २०८१, मंगलवार १२:४३
 

काठमाडौं :  चीनको तिब्बत स्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पमा परी हालसम्म चीनमा ३६ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ ।


अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७ दशमल १ म्याग्निच्युड रहेको जनाएको छ । तर सिजिटिएनले भने ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली नै खटाइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खडगवार–घुईयावारी सडक निर्माणको लागि काँग्रेसको पदयात्रा सम्पन्न

२३ पुष २०८१, मंगलवार १२:४३
कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुरको खडगवारदेखि सल्यानको घुईयावारी सडक निर्माणको लागि दवाब दिने उद्देश्यले नेपाली काँग्रेस बाँके क्षेत्रनं. १ दवाब मुलक दुई दिने पदयात्रा सम्पन्न गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाले आफ्नो पहिलो बजेटमा उल्लेख गरेको सो बाटो २०१७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमा पर्दै आएकोले पुनः निर्माणको लागि […]