२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने



देउखुरी (दाङ) :  माघे सक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको सार्वजनिक बिदा यस बर्ष पनि माघे संक्रान्ति तथा माघी पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार
ताजा समाचार