२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगञ्जमा हज सचेतना कार्यक्रम



नेपालगञ्ज :  नेपाल हज समिति सिंहदरबार काठमाण्डौले बाँकेमा रहेका मुस्लिम समुदायका हज जान चाहाने हज यात्रीलाई लक्षित गरी आयोजना गरेको एकदिने हज सचेतना कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

केन्द्रीय हज समितिका अध्यक्ष इस्लामुल्ला मियाँको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा ईस्लाम धर्मका अनुयायीले जीवन कालमा साउदी अरेवियाको पवित्र स्थल मक्का मदिना पुगेर गर्नुपर्ने धार्मिक कार्य हजको बारेमा हज यात्रीलाई सहज पार्ने उदेश्यले हज समितिले जिल्ला तहमा नै पुगेर हज सचेतना कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष मियाँले जानकारी दिए ।

सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य लक्ष्मि तिवारी, प्रदेश सभा सदस्य भण्डारीलाल अहिर, एमाले केन्द्रीय सदस्य मो हारुन हल्वाई, जसपा नेपालका अतहर हुसेन फारुकी, लगायतले हजयात्रीलाई हज समितिले कम खर्चमा धेरै सुविधिा दिनेगरी कार्यक्रम तय गर्नु पर्ने, हज यात्रीले हजयात्रामा जाँदा अपनाउनु पर्ने सजगता, कानूनले बन्देज गरेका विभिन्न पक्षहरुका बारेमा अनुक्षिण गरिनु पर्ने जस्ता सुुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार
ताजा समाचार