बैजनाथ (बाँके) : नेपाल खेलकूद महासंघ बैजनाथ गाउपालिको प्रथम भेला भब्याताका साथ सम्पन्न भएको छ । भेलाले सुरेन्द्र बिकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
महासंघका जिल्ला कमिटी अध्यक्ष होम सुनारको अध्यक्षता नेकपा एमाले बैजनाथ गाउँपालिका कार्यलयमा सम्पन्न भएको थियो । नेपाल खेलकूद महासंघ स्थाई कमिटी सदस्य साथै नेपाल खेलकूद महासंघ लुम्बिनी प्रदेश ईन्चार्ज कृष्णा पाठकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य तथा पुर्व सिंचाई राज्यमंत्री दलबहादुर सुनार विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी पाठकले शारीरिक तथा मानसिक स्वास्थ्यको लागि बच्चादेखि बृद्धाहरुले खेल खेल्न अपरिहार्य रहेको त्यसमा पनि युवाहरुको लागी आफू र देशको नाम बिश्वस्तरमा चिनाउनको लागि खेल ,खेलाडी तथा खेलसंग संम्वन्धित ब्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको र नेपाल खेलकूद महासंघले त्यसको अगुवाई गर्नुपर्नेमा जोड दिईन् ।
नेकपा एमालेले चलाएको मिसन ८४ अभियानलाई सफल पार्नको निम्ती वडादेखि पालिका र जिल्लामा खेलका बिधा अनुसारका कमिटी निर्माण गरि खेलकूद प्रतियोगिताहरु गर्दै समग्र खेलडीहरुलाई नेपाल खेलकूद माहासंघमा समाहित भै लाग्न पूर्वमन्त्री समेत रहेका दल बहादुर सुनारले आव्हान गरे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाँकेका उप–सचिव किशोर थापा, एमाले जिल्ला कमिटी सदस्य यज्ञ पुन, एमाले बैजनाथ पालिका कमिटी अध्यक्ष मानबहादुर खत्री लगाएतका बक्ताहरुद्वारा शुभकामना मन्तब्य दिएका थिए ।
नव गठित कमिटीमा ओमबहादुर मगर उपाध्यक्ष, भरत परियार सचिव, सीताराम खत्री उप–सचिव, मनीष सुनार कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा मनिषा कुमारी रेग्मी, सन्जु सुनार ,निराजन थारु तिलक खत्री ,सरोज सुनार, हेमराज बिक सर्वसम्मत चयन भएका हुन ।