गुरुकुल शिक्षा विकासको लागि ध्यान दिन्छौं : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १० पुष २०८१, बुधबार १५:५०
 

कपिलवस्तु  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।

शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरुको स्तरोन्नतीका लागि प्रदेश सरकारले ध्यान दिने बताएका हुन ।


‘प्रदेश भित्र रहेका प्राचिन विद्या केन्द्रहरुको अध्ययन गरेर यसको स्तरोन्नतीका लागि सरकाले योजना बनाउछ’–उनले भने–‘यहाँ पढाइहुने बिषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्ने छ ।’

कपिलस्तुको खरेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हुदै आएको छ । माथिल्लो कक्षाका लागि स्वर्गद्वारी पठाउने गरिएको छ । मुख्यमन्त्री आचार्यसंग खरेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्राबास निर्माणको लागि आग्रह गरिएको छ ।

‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउछौं भन्ने आशा छ’–पाठशालामा कार्यरत चुडामणी पोख्रेलले भने–‘बहुउपयोगी धर्मशाला र छात्राबास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्ने छ ।’ प्रदेश सरकारले चालु आर्थिक बर्षमा भौतिक सुधारका लागि दश लाख बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यले दिए शुभकामना

१० पुष २०८१, बुधबार १५:५०
देउखुरी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताएका छन् । क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सबै धर्म र सांस्कृतिलाई समान आदर गरिएको बताएका हुन । बुधवार एक शुभकामना सन्देश […]