बाह्रबर्दिया वडानं २ बालबिवाह मुक्त वडा घोषणा

सदरलाइन संवाददाता २२ मंसिर २०८१, शनिबार १८:३६
 

बाह्रबर्दिया (बर्दिया) :  प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह बि–ग्रुप बाँके र राधाकृष्ण थारु जनसेवाकेन्द्र बर्दियाको संयुक्त प्रयासमा बाह्रबर्दिया नगरपालिका वडानं–२ लाई औपचारिक रुपमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर २ का अध्यक्ष रामफेन थारुले बताए ।

बारबर्दिया नगरपालिका वडानं–२ का वडा अध्यक्ष थारुको अध्यक्षतामा सम्पन्न भएको वालविवाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमल्सेनाले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताए ।

उनले लुम्विनी प्रदेशले बिभिन्न खालका कार्ययोजना बनाएको बताउदै बिद्यालयको गुणस्तरिय शिक्षा मार्फत मात्र सम्भव हुने बताए । यस अभियानमा हातेमालो गर्ने प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार सस्थालाई बिषेश धन्यबाद दिएका छन् ।

सो अवसरमा बारबर्दिया नगरपालिका उपप्रमुख रत्ना कुमारी पाण्डे, प्लान इन्टरनेशनल नेपाल की क्षेत्रीय प्रबन्धक मिना पराजुली, बि ग्रुप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारलगायतले बाह्रबर्दिया नगरपालिकालाई वालविवाहमुक्त घोषणा गर्ने अभियानमा तिव्रता ल्याईएको बताए ।


कार्यक्रममा वारबर्दिया नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । करिब ८ सय बढी सर्वसाधारण सहभागी सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारी लाइभ प्रस्तुती रहेको थियो जसमा उनको नृत्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए ।

यसैबीच बाह्रबर्दिया नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखा निरिक्षक लक्ष्मी पौडेल र प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले वालविवाहमुक्त घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए ।

सो अवसरमा प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि–ग्रुप, बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दिया लागायत बिभिन्न सामाजिक संघसस्था, तथा अभियानमा सक्रिय सहभागिता जनाउनेलाई सम्मान गर्नुका साथै सो ऐतिहासिक घोषणाले बाह्रबर्दिया नगरपालिकाको बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा भएको जीप दुर्घटनामा दुईको मृत्यु, १० घाइते

२२ मंसिर २०८१, शनिबार १८:३६
बाजुरा :  बाजुरामा आज दिउँसो भएका दुईवटा छुट्टाछुट्टै जीप दुर्घटनामा परेर दुईको मृत्यु, १० घाइते भएका छन । सदरमुकाम मार्तडीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका […]