
कोहलपुर (बाँके) : सुवेदी कल्याण प्रतिष्ठान नेपाल बाँकेको छैठौ जिल्ला अधिवेशनबाट अधिवक्ता हरिप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सो कार्यसमितिको उपाध्यक्षमा चिरञ्जिवी सुवेदी र शिवा शर्मा सुवेदी, सचिव मोतीप्रसाद सुवेदी, सहसचिव वीरेन्द्र सुवेदी र कोषाध्यक्ष प्रेमप्रसाद सुवेदी चयन भएका छन ।
यसैगरी सोही अधिवेशनले कार्यसमिति सदस्यहरुमा होमनाथ सुवेदी, प्रेमप्रसाद सुवेदी, खगेन्द्र सुवेदी, प्रभा सुवेदी, टिकाप्रसाद सुवेदी, रुक्मणी सुवेदी चयन भएका छन ।

सुवेदी कल्याण प्रतिष्ठानले बाँकेमा विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने अध्यक्ष हरीप्रसाद सुवेदीले जानकारी दिए ।
कार्यक्रममा संविधान सभाका पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, केन्दीय उपाध्यक्ष होमप्रसाद सुवेदी लगायतका बाँकेमा बसोबास गर्दै आएका सुवेदी बन्धुहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सुवेदीहरुको कुलपूजा पनि गरिएको थियो ।


