२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

कुवेतलाई १ सय ८ रनले हराउँदै नेपाल विजयी



नेपालगञ्ज :  युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई किनारा लगाउँदै नेपाल विजयी भएको छ ।

कुवेतलाई १०८ रनले पछाडि पार्दै नेपालले लगातारको दोस्रो जित निकालेको हो । आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतलाई १०८ रनले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा हिजो नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट हुँदा खेलको नतिजा नेपालको पोल्टोमा परेको हो ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार
ताजा समाचार