हङ्कङमा जारी क्रिकेटमा इङ्ल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जित

सदरलाइन संवाददाता १६ कार्तिक २०८१, शुक्रबार १८:०३
 

नेपालगञ्ज डेस्क :  हङ्कङको मोङ ककमा जारी क्रिकेटमा नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ ।

आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका थिए ।


त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए ।

सो खेलमा नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए । नेपालले भोलि १७ गते शनिबार अष्ट्रेलियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा नामको मात्र अनुगमन

१६ कार्तिक २०८१, शुक्रबार १८:०३
दैलेख : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रत्यक्ष निगरानीमा गरिएको अनुगमनमा पनि कैफिगत देखिएको छ । इलाका प्रशासन कार्यालय दुल्लुको नेतृत्वमा भएको बजार अनुगमन पनि आफु खुसी भएको देखिएको हो । वजार अनुगमनका क्रममा आफ्नो या नजिकका सरोकारवालालाई बचाइएको देखिएको छ । बजार अनुगमन कै क्रममा म्याद नागिएका अखाध्य पदार्थलाई पनि […]

सम्बन्धित