नेपालगञ्जमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु

सदरलाइन संवाददाता २० माघ २०८१, आईतवार १४:३२
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित सडकमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।

बाँके प्रहरीका अनुसार भे.१० प४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१० प४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका–१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरस्वती पुजाको अवसरमा रचना वाचन

२० माघ २०८१, आईतवार १४:३२
नेपालगञ्ज :  सरस्वती पुजाको अवसर पारेर बाँकेको महेन्द्र पुस्तकालय नेपालगञ्जमा सहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय कार्यालय नेपालगञ्ज र महेन्द्र पुस्तकालय नेपालगञ्जको संयुक्त आयोजनामा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा जीवेन्द्र देव गीरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुई […]