राप्ती आँखा अस्पतालमा बिरामीको चाप

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १५:३४
 

नेपालगञ्ज : तुलसीपुरको रक्षाचौरमा रहेकोे राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै बिरामीको चाप बढेको छ ।

अस्पतालमा आँखाको रेटिना, क्यान्सर र आँखाको नानी सम्बन्धी समस्याको शल्यक्रियाको सेवा सुरु भएसँगै बिरामीहरुको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय गर्मीयाम सुरुवात भएसँगै अस्पतालमा आँखा पाक्ने, आँखा चिलाउने, आँखामा सुक्खापन हुने बिरामीहरुको अत्यधिक भिडभाड हुने गरेको विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले जानकारी दिए ।


अस्पतालले थप विशेषज्ञ सेवा सुरु गरेसँगै ६ महिनाको अवधिमा अस्पतालमा आँखाको नानी सम्बन्धीको बिरामी २ हजार जना, रेटिना सम्बन्धी समस्या भएका १ हजार ४ सय जना र आँखाको ढकनी, आँशु नली, प्लाष्टिक सर्जरी, आँखाको क्यान्सर सम्बन्धीका लगभग १२/१३ सय जना बिरामीहरुले उपचार सेवा लिएको डा.सुवेदीले बताए ।

गएको आर्थिक वर्ष २०७८/२०७९ देखि थप विशेषज्ञ सेवा थपिएसँगै अस्पतालमा दैनिक बिरामीहरुको चाप बढ्दो छ । अस्पतालमा आउने बिरामीको प्रचारप्रसारका कारण पनि सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निवर्तमान प्रदेश प्रमुख डा. अहिराजद्धारा खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

२ असार २०७९, बिहीबार १५:३४
नेपालगञ्ज : मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख तथा नागरिक समाजका अगुवा डा. राजेश अहिराजले सामाजिक उत्तरदायित्व अन्र्तगत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् । पश्चिम नेपालको भ्रमणमा रहेका डा.अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल सागर बृद्धाश्रम र डुुडुवा गाउँपालिका–२ जाफरपुर्वास्थित मदरसामा खाद्यान्न र शैक्षिक सामाग्री […]