नेपालगञ्ज : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेपालगञ्जमा आयोजित चौथो पूर्ण बैठकको मुख्य व्यानरमा पार्टी अध्यक्ष केपी ओलीको फोटो नराखेको विषयमा प्रकाशित समाचारलाई लिएर प्रदेश कमिटीले आफ्नो ध्यानकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।
लुम्बिनी प्रदेश कमिटी प्रचार विभाग प्रमुख डिआर घिमिरेद्वारा जारी विज्ञप्तीमा ‘पार्टीको कैठकमा फोटो राख्ने वा न राख्ने बारे कुनै अनिवार्य नीति बनेको छैन । यस अघिका तीनवटा बैठकमा जे मापदण्ड कायम गरिएको थियो तीनै मापदण्डलाई अपनाईएको हो’–विज्ञप्तीमा उल्लेख छ ।
पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रचार विभागले आफ्नो बैठकमा पार्टी अध्यक्षको फोटो नीति नै नभएको भन्दै प्रयोग नगरेको तर्क दिदै गर्दा पार्टीका उपमहासचिव विष्णु रिमालले सामजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पार्टी केन्द्रीय सचिवालयले केही समय अगाडि के गर्ने के नगर्ने स्पष्टताका साथ उल्लेख गरिएको छ ।


पार्टीको केन्द्रीय उपमहासचिव रिमालले सामाजिक सञ्जालमा पार्टीका शिर्ष नेता तीन जनाको र बाँकी पार्टी अध्यक्षको फोटो राख्ने सचिवालयको निर्णय सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको निर्णय यसै समाचारमा राखिएको छ ।
पार्टीको केन्द्रीय सचिवालयको निर्णय केन्द्रिय समितिले समेत अनुमोदन गरिसकेको परिपेक्षमा आफ्नो भुल वा त्रुटीलाई नै लुकाउन विज्ञप्ती निकालिएको बताईएको छ । नेपालगञ्जमा सम्पन्न चौथो प्रदेश कमिटीको पूर्ण बैठकको मूल व्यानरमा पार्टी अध्यक्षको फोटो राखिएको थिएन ।