दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा नामको मात्र अनुगमन

सुरेन्द्र शाही १६ कार्तिक २०८१, शुक्रबार १८:१४
 

दैलेख : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रत्यक्ष निगरानीमा गरिएको अनुगमनमा पनि कैफिगत देखिएको छ । इलाका प्रशासन कार्यालय दुल्लुको नेतृत्वमा भएको बजार अनुगमन पनि आफु खुसी भएको देखिएको हो ।

वजार अनुगमनका क्रममा आफ्नो या नजिकका सरोकारवालालाई बचाइएको देखिएको छ । बजार अनुगमन कै क्रममा म्याद नागिएका अखाध्य पदार्थलाई पनि अन्देखा गरिएको छ ।

बजारमामा ठुलो मात्रा रहेको अखाध्य बस्तुहरु देख्दादैख्दै पनि एक दुई पाकेट मात्र समातेर नाटक गरिएको एक प्रत्यक्ष प्रत्यक्षदर्शी बताएका छन ।

पसलमा ठुलो परिमाणमा नियमानुसार प्रतिबन्धित सामाग्राी देख्दादेख्दै पनि न्युन परिमाणमा सामान जफत गरिएको उनले बताए । ‘आज भएको नगर अनुमन पछिकोको सामान नष्ट गरेको तथ्यांकले तेही देखाउछ’–उनले भने ।


अनुगमनका क्रममा नगरपािलका क्षेत्रमा अनुमति नलिएका व्यवसाय पनि सञ्चालनमा आएको पाइएको छ । अनुगमनमा व्यवसाय सञ्चालन अनुमति नलिएका त्यस्ता व्यवसायलाई कारवाही गरेको पाइएको छैन ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको मदिरा नियन्त्रण, नियमन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८० खण्ड ६ संख्या ७ मा उल्लेखित ५० युपी भन्दा बढिको मदिरा बिक्रि गर्न नपाइने भन्ने व्यवस्था गरेको छ । तर चामुण्डा विन्द्रासैनी नगरपालिकाले ऐन पास गरेपनि चामुण्डा विन्द्रासैनी नगरपालिका ६ जम्बुकाँधमा रेहेको प्रहरी पोष्टबाट चामुण्डा विन्द्रासैनी क्षेत्रबाट ५० युपी भन्दा बढिको मदिरा कुसरी गाँउगाँउसम्म पुग्छ भन्ने विषयमा नगरपालिका आफैमा अन्योलमा छ ।

नगरपालिकाले ५० युपी भन्दा बढिको मदिरा मदिरा प्रतिबन्ध लगाइ रहदा गाउँगाउँमा कसरी ठुलो परिमाण निषेधित मदिरा भित्रिन्छ भन्ने विषयमा कतै मिलोमतो छ कि भन्ने पनि केही अगुवाले आशंका गरेका छन ।

पालिकामा व्यवसाय अनिवार्य रुपमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि आजको मितिसम्म ५० भन्दा कम व्यवसाय मात्र दर्ता रहेका छन । आजै गरिएको अनुमगमनले मात्रै सयको हाराहारी अनुगमन गरेको देखाउछ । आ.व. ०८०।०८१ मा गरिएको अनुगमनले नगरपािलका भित्र करिब ६०० भन्दा बढि साना ठूला व्यवसाय रहेको देखाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जले ४० हजार क्वीन्टल धान खरिद गर्दै

१६ कार्तिक २०८१, शुक्रबार १८:१४
नेपालगञ्ज :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यस वर्ष बाँकेका किसानले उतपादन गरेको ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले कम्पनीले यस वर्ष बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि धानको मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद […]

सम्बन्धित