बाँकेमा आइतवारदेखि भेरोसेलको पहिलो मात्रा लगाइने

सदरलाइन संवाददाता २ श्रावण २०७८, शनिबार ११:२२
 

नेपालगञ्ज : श्रावण ३ गतेदेखि ५ गतेसम्म बाँकेमा भेरोसेलको पहिलो मात्रा लगाईने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतवारदेखि खोपको पहिलो डोज दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने श्रावण १० गतेदेखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिईने जनाएको छ ।


यो अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूहलाई खोप लगाईने छ । त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ ।

नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकहरुले पनि खोप लगाउन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित कपिलवस्तुमा ३ जना पक्राउ

२ श्रावण २०७८, शनिबार ११:२२
कपिलबस्तु : कपिलबस्तुमा ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका वडा नम्वर २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा लागु औषध सहित ३ जना पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए । पक्राउ पर्नेमा कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नम्वर १ नयाँटोल बस्ने […]

सम्बन्धित