२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

फुटबलर पुजालाई गृहनगरमा स्वागत



कोहलपुर (बाँके) :  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा रानालाई गृह जिल्लामा नगदसहित भब्य स्वागत गरिएको छ ।

कोहलपुर–१२ निवासी रानालाई कोहलपुर नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि नगद ५१ हजार सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरले आगामी दिनहरुमा पुजा जस्ता धेरै खेलाडीहरु उत्पादन गर्ने बातावरण निर्माण गरिरहेको बताउए ।

उनले कोहलपुरमा खेलाडी उत्पादनका हिसावले उर्वरभूमि रहेको हुँदा बिगतमा पनि कोहलपुरमा राष्ट्रिय खेलाडीहरु रहेको र भोलीका दिनमा पनि राष्ट्रिय टिममा पर्नसक्ने क्षतावान खेलडी उत्पादनमा लागि रहेको बताए ।

फुटबलर रानाले हालै साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा बंलादेशसँग पराजित हुँदै नेपाल उप विजेता भएको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार
ताजा समाचार