२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

झण्डै ३ लाख नेपाली जमुनाह नाका हुँदै दशै मनाउन नेपाल फर्किए



नेपालगञ्ज :  यसवर्ष दशै मानउने उद्देश्यले नेपालगञ्जको जमुनाह नाका हुँदै करिव ३ लाख नेपाली नेपाल प्रवेश गरेका छन् ।

ईलाका प्रहरी कार्यलय जमुनाहले दिएको जानकारी अनुसार नेपालगञ्जको जमुनाह नाका हुँदै गत असोज १ गतेदेखि २३ गतेसम्म नेपाल प्रवेश गर्नेको संख्या २ लाख ८० हजार १सय ५६ जना नेपाल प्रवेश गरेका छन ।

यसैगरी सोही नाका हुँदै १ लाख ७३ हजार ७ सय ६६ जना भारततर्फ लागेका ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी निरिक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

भारतबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल प्रवेश गर्नेहरुलाई सजिलो बनाउने उद्देश्यले बाँके प्रहरीले जमुनाह, नेपालगञ्ज बसपार्क, कोहलपुर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्ष निर्माण गरी सहजीकरण गरिरहेको छ ।

जमुनाह नाका हुँदै लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका विभिन्न जिल्ला जाने उद्देश्यले भारतमा मौशमी कामका लागि विभिन्न प्रान्तमा पुगेर पर्व मानाउने जोहो गरे फर्केका हुन्छन ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रबार
ताजा समाचार