राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई

नेपालगञ्ज म्याराथनको एक दशकः

सदरलाइन संवाददाता १० कार्तिक २०८१, शनिबार १३:४९
 

नेपालगञ्ज  : दशौं नेपालगञ्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले हात पारेका छन् ।

निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरे भने अनिसाले २५ः२१ः०५ मिनेटमा पुरा गरेकी थिईन । नेपालगञ्ज म्याराथनको एक दशक यात्रा पुरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडानं–२ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारु २१ः२१ः०९ मिनेटका साथ तेस्रो भए ।

त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारु ३८ः५०ः०६ मिनेटसहित तेस्रो भए । विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली, नेपालगञ्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गरेका थिए ।


पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद रु तीन हजार, दुई हजार र एकहजार प्रदान गरिएको थियो । राप्तीसोनारी रनको उदघाटन गर्दै पालिका प्रमुख पौडेलले नेपालगञ्ज म्याराथनसँग राप्तीसोनारी पालिका साझेदारी गर्न तयार रहेको बताए ।

राप्तीसोनारीलाई खेलकुदमय बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उनले जानकारी गराए । पालिकाको महत्वपुर्ण र् साझेदारी भइदिए राप्तीसोनारी रन हरेक बर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताए ।

दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । त्यसमा स्थानीय शिक्षक, जेष्ठनागरिक लगायत उपस्थित थिए ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षा शास्त्रमा क्षमता निर्माण तालिम

१० कार्तिक २०८१, शनिबार १३:४९
गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको आर्थिक साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षा शास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु गरिएको छ । तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजयकुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा […]

सम्बन्धित

ताजा अपडेट